![]()
काठमाडौँ । तीन सातापछि आइतबार र सोमबार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक बस्दैछ । कात्तिक ४ र ५ गते बोलाइएको सचिवालयको बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीका एकीककरण सम्बन्धि कार्यसूचीमाथि गम्भीर छलफल हुने बताइएको छ ।
यस्तै सरकारले जनभावना र मर्म मुताविक काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालयले जानकारी दिएको छ ।
भदौ २८ गते बसेको पार्टी सचिवालयको बैठकले एकीकरणसम्बन्धि नयाँ मापदण्ड तयार पार्न पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो ।
असोजको पहिलो साता बसेको सचिवालयले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज नै तोकेपछि ने क पाका तेस्रो वरियताका नेता रूष्ट बन्न पुगेका छन् । र, उनले निर्णयप्रति असहमति जनाउँदै लिखित असन्तुष्टि बैठकमा राखेका छन् । उनका अनुसार सचिवालय निर्णय गर्ने थलो नभएको र अध्यक्षद्वयलाई मापदण्डसम्बन्धि प्रस्ताव तयार पार्न मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्टि दर्ता गरेका छन् ।
विशेषतः नेता नेपाल पक्षको विरोध गण्डकी र पाँच नम्बर प्रदेशको इन्चार्ज चयनप्रति छ ।


