Breaking News.... EverestOnlineKhabar
May 2, 2026

श्रीलंकाबिरुद्धको तीन म्याचको एकदिवसिय क्रिकेट शृखंला इङल्याण्डलाई, दोस्रो म्याचमा इङल्याण्ड ७ विकेटले बिजयी

Loading

एजेन्सी । श्रीलंकाविरुद्ध तेस्रो  एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड विजयी भएको छ । वर्षाले प्रभावित खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो । जितसँगै इङ्ल्यान्डले पाँच खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ ।

यसअघि दोस्रो एकदिवसीय खेलमा इङ्ल्यान्डल ३१ रनले विजयी भएको थियो भने पहिलो खेल नतिजाविहीन बनेको थियो । केन्डीमा भएको खेल वर्षाका कारण केही ढिला सुरु भएको थियो ।

त्यसपछि २१ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १५० रन जोडेको थियो । श्रीलंका लागि निरोशन डिक्वेलाले ३६, सदिरा समाराविक्रमाले ३५ तथा कप्तान दिनेश चण्डीमालले ३४ रन जोडे । इङ्ल्यान्डका आदील राशिदले ४ तथा टम कुरणले ३ विकेट लिए ।

श्रीलंकाले दिएको १५१ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । इङ्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जासन रोयले ४१ रन जोड्दा बेन स्टोक्सले अविजित ३५ रन जोडे । श्रीलंकाका लागि अमिला अपोनसोले २ तथा अकिला धननज्यले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed