Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेकाले चानचुने षडयन्त्रले कुनैपनि हालतमा सरकार नढल्ने बताएका छन् ।

बिहीबार झापाको बिर्तामोडमा आफैंले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्दै हल्ला फैलाउने र षडयन्त्र गर्नेको ‘षडयन्त्रका ओथारा’ काम नलाग्ने बताए ।

प्रधानमन्त्री ओलीले धेरै नागरिकको चाहनाले नै अहिलेको सरकार बनेको र आफूलाई प्रधानमन्त्री बनाइएको भन्दै सरकार सुशासनको बाटोबाट पछि नहट्ने उल्लेख गरे ।

आफू प्रधानमन्त्री हुँदा सरकारको ढुकुटी रित्तो अवस्थामा रहेको, संघीय र स्थानीय सरकार निर्माण गर्नुपर्ने भएकाले विकासलाई गति दिन समय लागेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed