Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेट विजयका लागि अष्ट्रेलियाले ५३८ रनको चुनौती पाएको छ । अष्ट्रेलियाले तेस्रो दिनको समाप्तिसम्म एक विकेटको क्षतिमा ४७ रन बनाएको छ । अष्ट्रेलियाले अझै ४९१ रन बनाउनुपर्नेछ ।

तटस्थस्थल युएईको अबुधाबीमा जारी खेलमा अष्ट्रेलियाले कमजोर बलिङ प्रदर्शन गरेपछि फराकिलो चुनौतीको सामना गर्नुपरेको हो । यसअघि, पहिलो इनिङ्समा अष्ट्रेलियालाई १४५ रनमै रोकेर १३७ रनको अग्रता लिएको पाकिस्तानले दोस्रो इनिङ्समा पनि आकर्षक ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ४०० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

बाबर अजामले ९९, कप्तान सर्फराज अहमदले ८१, फखर जमानले ६६ तथा अजर अलीले ६४ रन बनाए । पाकिस्तानले पहिलो इनिङ्समा २८२ रन बनाएको थियो । शृखंलामा फितलो देखिएको अष्ट्रेलियाले पहिलो खेलमा बराबरी गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

दोस्रो टेस्टको दुई दिनको खेल बाँँकी रहेकाले परिणाम निस्कने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed