Breaking News.... EverestOnlineKhabar
May 2, 2026

टर्कीमा आप्रवासी चढेको लरी दुर्घटना, २२ जनाको मृत्यु

Loading

बीबीसी । टर्कीमा आप्रवासी चढेको लरी दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । टर्कीको पश्चिमी प्रान्त इजमिरमा बाटो छेउको बारमा ठोक्किएर नहरमा खसेको हो । २० मिटर तल खसेकाले दुर्घटना भयानक बनेको हो ।

ज्यान गुमाउने कुन देशका नागरिक हुन् भन्ने अहिलेसम्म खुलेको छैन । यसअघि ग्रिसमा एक कारमा आगो लाग्दा ११ जना आप्रवासीको ज्यान गएको थियो ।

आप्रवासीहरु लरीमा चढेर तटीय क्षेत्रमा जाँदै थिए । उनीहरु त्यहाँबाट डुंगा चढेर सामोस द्विप जाने तयारीमा थिए । दुर्घटनामा १३ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed