Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री जिम म्याटिस ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई  जिम्मेवारीबाट बिदा दिन सकिने जनाएका छन्।  अमेरिकी पत्रिका सीबीएसलाई दिएको  करिब ६० मिनेट लामो अन्तर्वार्तामा ट्रम्पले भने ‘मेरो विचारमा उहाँ डेमोक्रेटजस्तो हुनुहुन्छ त्यसैले उहाँले बिदा लिन पनि सक्नुहुन्छ।’  यद्यपि जनरल म्याटिस असल व्यक्ति हो। हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम गर्‍यौँ।’

आफुले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई बिदा दिने बिषयमा कुनै कुराकानी नभएको ट्रम्पको टिप्पणी थियो।  ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको बताए।

उनले भने ‘मैले परिवर्तन चाहन्छु। यो मेरो अधिकारको कुरा पनि हो। ‘मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन्। उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन्।’ ‘हामीसँग मन्त्रीमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुसी छैन उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed