Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । क्रिष्टियन इरिक्सनविना खेलेको डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै गणतन्त्र आयरल्यान्डले नेसन्स लिगमा पहिलो अंक जोड्स सफल भएको छ ।

जेफ हेनड्रिकले शुरुमै पाएको गोलको राम्रो अवसर खेर फाल्दा डेनमार्क अग्रता लिनबाट चुक्यो । इन्जुरी समयमा आयरल्यान्डका ह्यारी अर्थरको प्रयास असफल बनाउँदा डेनमार्क हार टार्न सफ भयो । तथापी अधिकांस समय बल नियन्त्रणमा राखेको डेनमार्कका पिओनी सिस्टोले पहिलो हाफको अन्तिममा गरेको प्रयास पनि सफल भएन ।

आयरल्यान्डले गत नोभेम्बरमा त्यही रंगशालमा सम्पन्न विश्वकप प्लेअफमा डनेमार्कलाई ५–१ को नतिजा सुम्पिएको थियो भने नेसन्स लिगमै वेल्ससँग ४–१ ले पराजित भएको थियो । बराबरीसँगै १ अंक जोडेको डेनमार्कले वेल्सलाई पछि पार्दै समूह बी४ को शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed