![]()
एजेन्सी । नेदरल्यान्डले नेसन्स लिगमा जर्मनीलाई ३–० ले पराजित गरेको छ । हारसँगै जर्मनी पुछारमा झरेको छ । भान डाइकले ३०औं मिनेटमा हेडमार्फत गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिएका थिए । मेम्फिस डेफेको क्रसमा रायन बाबेलले गरेको डेड क्रसबारमा लागेर फर्किएको थियो । त्यही बललाई भान डाइकले पोष्टको दिशा दिएका थिए ।
डिफेले ८७औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । उनले क्विन्से प्रोमेसले मिलाइदिएको पासमा डिफेले आउन्टर अट्याकमा गोल गरेका हुन् । इन्जुरी समयमा विजनाल्डमले अर्को गोल थप्दै नेदरल्यान्डको जित पक्का गरे ।
ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा उपाधि उचाल्न सफल जोचिम लोउको जर्मनीले पछिल्लो १२ खेलमध्ये तीन खेलमा मात्र विजयी नतिजा निकाल्न सकेको छ । रुसमा सम्पन्न विश्वकपमा साविक विजेता रहेको जर्मनी आश्चर्यजनक रुपमा समूह चरणबाटै बाहिरिएको थियो । नेसन्स लिगको दुई खेलमा जर्मनीले १ अंक मात्र जोड्न सकेको छ ।
२०१७ अक्टोबरमा विश्वकप छनोट प्रतियोगिताछि जर्मनीले प्रतिस्पर्धात्मक एक खेलमात्र जितेको छ । जर्मनीले विश्वकपमा स्विडेनमाथि २–१ को विजय हासिल गरेको थियो । तथापी जर्मनीले साउदी अरेविया र पेरुलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको थियो । जर्मनीले अर्को खेल अक्टोबर १६ मा विश्वकप विजेता तथा समूह ए१ को शीर्ष टोली फ्रान्सविरुद्ध खेल्नेछ ।
नेशन्स लिगमै चेक गणतन्त्रले स्लोभाकियालाई २–१ ले पारजित ग¥यो । जितसँगै तीन अंक जोडेको चेक समूह बी१ को दोस्रो स्थानमा छ । समूहमा दुई खेलबाट ६ अंक जोडेको युक्रेन शीर्ष स्थानमा छ । स्लोभाकियाले अंक जोड्न सकेको छैन । नेशन्स लिगमा नर्वेले स्लोभेनियालाई १–० ले हराउँदा बुल्गेरियाल साइप्रसलाई २–१ ले हरायो । जर्जियाले एन्डोरालाई ३–० ले पाराजित गर्दा लात्भिया र काजकिस्तानले १–१ को बराबरी खेले ।


