Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोगीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको पाइएमा अमेरिकाले साउदी अरेबियालाई “कडा सजाय” दिने बताएका छन्। यदि त्यस्तो भएमा त्यसले आफूलाई “निराश र आक्रोशित” तुल्याउने ट्रम्पले बताए। तर दुई देशबीचका ठूला सैन्य ठेक्कापट्टा भने रोकिने सम्भावना नरहेको बताएका छन्।

खशोगीको हत्या भएको भन्ने आरोपहरू साउदी अरेबियाले अस्वीकार गरेको छ र उनको हत्याका उसले लागि आदेश दिएको भन्ने दाबीहरूलाई ‘झूट’ भनेको छ। इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावास पुगेयता साउदी सरकारका आलोचक खशोगी बेपत्ता छन्। उनी त्यहाँ अक्टोबर २ मा गएका थिए।

सीबीएस न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा ट्रम्पले सैन्य ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिकाहरू भएको र त्यसमा रुस तथा चीन पनि इच्छुक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरशले पनि खशोगीको अवस्थाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

शुक्रवार साउदी अरेबियाका आन्तरिक मामिलामन्त्रीले घटनाबारे पूरै सत्यतथ्य पत्ता लगाउन साउदी अरेबिया इच्छुक भएको बताउँदै हत्याका लागि दिइएका आदेश आधारहीन भएको बताएका थिए।

टर्कीस्थित सुरक्षासम्बन्धी एउटा सूत्रले इस्ताबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र खशोगीको हत्या भएको प्रमाणित गर्ने अडिओ तथा भिडिओ प्रमाण अधिकारीहरूसँग भएको बीबीसीलाई बताएका छन्। खशोगीले आफ्नो काम सकेर महावाणिज्य दूतावास भवन छाडेको साउदी अरेबियाले बताउँदै आएको छ। तर टर्कीले उनले सो भवन छाडेको नदेखिएको बताएको छ

साउदी युवराज मोहम्मद बिन सलमानका कट्टर आलोचक खशोगी अमेरिकामा निर्वासनमा थिए र बेपत्ता हुनुअघिसम्म अमेरिकी समाचारपत्र वाशिङटन पोस्टका लागि लेखहरू लेख्दथे। कैयौँ वर्षसम्म उनलाई राजपरिवारका निकट व्यक्तिका रूपमा हेरिन्थ्यो। साउदी अधिकारीहरूका लागि सल्लाहकारका रूपमा पनि उनले काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed