2,214 total views,  2 views today

काठमाडौं । गायिका नम्रता तामाङको नयाँ गीत ‘ओइ स्यानी’ को म्युजिक भिडियो यू ट्यूबमा भाइरल भएको छ । म्युजिक भिडियो सार्वजनिक गरेको एक दिनमै यू ट्यूबमा करिब ८ लाख दर्शकले यो भिडियो हेरेका छन ।

केही दिनअघि मात्रै गायिका तामाङले वरिष्ठ संगीतकार एवम आफना गुरु प्रकाश गुरुङको हातबाट यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन । छोटो समयमै गीत लोकप्रिय भएपछि आफनो हौसला बढेको उनले बताइन ।

यो भिडियोमा अहिलेका चर्चित नायक पल शाह र नायिका आँचल शर्माले अभिनय गरेका छन । उनले भनिन,‘ दुई चार महिनापछि अर्को म्युजिक भिडियो निकाल्ने तयारीकासाथ अघि बढेकी छु । ’

गायिका तामाङले दुई बर्ष अघि मात्रै ‘आइ लव यू, आइ मिस यू’ नामक गीति एल्बम बजारमा ल्याएकी थिइन । स्थायी घर पाँचथर भएकी तामाङले आफना सबै श्रोता र दर्शकलाई गीत मन पराइदिएकोमा धन्यवाद दिएकीछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार