Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बिश्वकप एशिया छनोटमा नेपालद्वारा थाइल्याण्डसामु १७३ रनको चुनौती प्रस्तुत

Loading

एजेन्सी । टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । नेपालले मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

नेपालका लागि करण केसीले इनिङ्स उकासे । उनले सर्वाधिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् । त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे ।

यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए । अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे ।

थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed