Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । अमेरिकाको नेभाडास्थित एक होटलकी कर्मचारीले प्रख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । सन् २००९ मा लस भेगासस्थित होटल पाल्म्स प्लेसमा रोनाल्डोले बलात्कार गरेको आरोप उक्त होटलकी पूर्व कर्मचारी क्याथरिन मायोर्गाले लगाएकी हुन् । उनको यस दाबीबारेको समाचार जर्मन पत्रिका ‘डर स्पाइजेल’ ले प्रकाशित गरेको हो।

रोनाल्डोका वकिलले भने उक्त पत्रिकाविरुद्ध मानहानीको मुद्दा लगाइने बताएका छन् । एक विज्ञप्तिमा वकिल क्रिस्टियान स्कर्जले स्पाइजेलको उक्त रिपोर्टिङ पूर्णतः गैरकानुनी भएको दाबी गर्दै क्षतिपूर्ति माग गरिने बताएका छन् । उनले यो गम्भीर व्यक्तिगत अधिकारको उल्लंघन भएको बताए ।

डर स्पाइजेललाई दिएको अन्तर्वार्तामा क्याथरिनले बारम्बार अस्विकारगरेपनि दबाब दिएपछि रोनाल्डोले कसरी माफी मागे भन्ने उल्लेख गरेकी छन् । बलात्कारपछि आफू मानसिक समस्यामा परेको र कतिपटक आत्महत्या गर्ने सोचाइ पनि आएको उल्लेख गर्दै क्याथरिनले रोनाल्डोका वकिलले चुप लागेबापत २ लाख ८८ हजार पाउण्डमा किनेको आरोप लगाइन् । उनले सन् २०१० मा भएको यो घटनाप्रति आफूले पश्चाताप गरेको पनि बताइन् ।

बलात्कारको घटनामा मिल्नुअघि रोनाल्डोले क्याथरिनलाई गुप्तचरमार्फत् निगरानी गरिएको बताइएको छ । रोनाल्डोका वकिलहले आफूलाई चिकित्सकसँग पनि रोनाल्डोको नाम नलिन दबाब दिएको उनले बताइन् । रोनाल्डोसँगको घटनालगत्तै क्याथरिनले प्रहरीलाई खबर गरेपनि पीडकको नाम भन्न अस्विकार गरेकी थिइन् ।

उता रोनाल्डोले भने एक भिडियोमार्फत् उक्त समाचार गलत भएको दाबी गर्दै ती महिलाले आप्mनो प्रमोसन गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । क्याथरिनले हालै सन्चालनभएको ‘मी टु’ अभियानले यो घटना सार्वजनिक गर्न आफूलाई प्रोत्साहित गरेको र रोनाल्डोबाट दुव्र्यवहारको शिकार भएका अन्य महिलाको खोजी गर्ने अवसर भएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed