Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । फुटबलका हस्ती डिएगो म्याराडोनाले अर्जेन्टिनाको राष्ट्रिय टोलीको जिम्मेवारीबाट बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बिदा लिनुपर्ने बताएका छन् । म्याराडोनाले मेसीलाई अब राष्ट्रिय टोलीमा नफर्कन सुझाव दिएको खुलाएका छन् ।

३१ वर्षे मेस्सीको कप्तानमा रहेको अर्जेन्टिनाले विश्वकपमा आशातित प्रदर्शन गर्न सकेन । विश्वकपमा मुस्किलले समूह चरण पार गरेको अर्जेन्टिना दोस्रो चरणबाटै घर फर्किएको थियो । अर्जेन्टिनाले सेप्टेम्बरमा खेलेको दुई मैत्रीपूर्ण खेलमा मेस्सी टोलीमा थिएनन् ।

अर्जेन्टिनालाई १९८६ मा विश्वकपको उपाधि जिताएका म्याराडोनाले मेस्सीले अब अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिनुपर्ने बताए । “अब धेरै खेल्नु हुँदैन,”म्याराडोनाले भनेका छन्, “धेरै क्रेजी हुनु हुँदैन ।”

विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतियोगितामा टोलीले गरेको प्रदर्शनसँगै स्टार मेस्सीको अन्तर्राष्ट्रिय भविष्यलाई लिएर चासो बढिरहेको छ । मेस्सीले यसअघि २०१६ मा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।  पछि सबैको आग्रहमा उनले उक्त निर्णय फिर्ता लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed