Breaking News.... EverestOnlineKhabar
May 1, 2026

शिक्षाध्यक्ष सुधाको कार्यकक्षमा तोडफोड र दुर्व्यवहार

Loading

काठमाडौं।  त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपूरमा विद्यार्थीहरुले तोडफोड गरी  शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी माथि दुव्र्यवहार गरेका छन् ।

शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागी समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नुका साथै शिक्षाध्यक्षमा कार्यरत कर्मचारीहरुसमेतलाई त्रसित पारेका शिक्षाध्यक्षको कार्यालय प्रमुख निर्मल मिश्रले जानकारी दिए । घटनावाट केही कुर्सी र टेवलमा क्षति पुगेको छ ।

शिक्षाध्यक्ष त्रिपाठीले शिक्षा मन्त्रालयमा आायोजित कार्यक्रममा उपस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समयमा व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराइरहेको अवस्थामा आक्रोसित विद्यार्थीहरुको समुहले कार्यकक्ष तोडफोड गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed