Breaking News.... EverestOnlineKhabar
May 1, 2026

टी २० बिश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेशिया प्रस्थान (खेल तालिकासहित)

Loading

काठमाडौं ।नेपाली क्रिकेट टोली आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानी र जगत टमाटाको मुख्य प्रशिक्षणमा रहेकोे १४ सदस्यीय नेपाली टोली  मालिन्डो एयरबाट मलेसिया गएको हो ।

आक्रामक ब्याट्सम्यान प्रदीप ऐरीले तीन वर्षपछि पुनरागमन गरेको नेपाली टोलीले बुधबार प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक मलेसियासहित ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा मलेसिया, नेपाल, चीन, थाइल्यान्ड, म्यानमार, सिंगापुर र भुटानले राउन्ड रोविन लिगका आधारमा खेल्नेछन् । नेपाली टोलीमा कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, प्रदिप ऐरी, शरद भेषावकर, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरी, आरीफ शेख, सन्दीप लामिछाने, करण केसी, ललितसिंह भण्डारी र ललितनारायण राजवंशी रहेका छन् । यस्तै, वैकल्पिक खेलाडीमा सुनिल धमला, सागर पुन, शाहब आलम र दिपेश श्रेष्ठ छन् ।

नेपालको खेल तालिका
असोज १६ गते          म्यानमारविरुद्ध
असोज २० गते         मलेसियाविरुद्ध
असोज २१ गते        थाइल्यान्डविरुद्ध
असोज २३ गते         भुटानविरुद्ध
असोज २४ गते        चीनविरुद्ध
असोज २६ गते        सिंगापुरविरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed