![]()
एजेन्सी । नेपाल बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै नेपालको सम्भावना सकिएको हो । नेपाल एक खेल खेल्नु अगावै बाहिरीएको छ ।
नेपालले दिएको १ सय ३२ रनको लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका लागि कप्तान रहमानउल्लाह गुर्बाजले २६ रन जोडे भने ओमरजाईले २३ रन जोडे । नेपालका सुर्य तामाङले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा १ सय ३१ रनमा समेटिएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ४९ रन जोडपनि टोलीको उच्च स्कोर बन्न सकेन ।


