Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ ।  तरामी आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ ।

यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । आँधी पूर्व तर्फ बढेका कारण धेरै उडान रद्द गरिएका छन् भने रेल सेवा पनि अवरुद्ध भएको छ ।

यस्तै सात लाख ५० हजार भन्दा धेरै घरमा विद्युत आपूर्ति बन्द भएको छ । कम्तिमा ८४ जनालाई चोट लागेको छ ।

पछिल्लो २५ वर्ष यताकै शक्तिशाली आँधीका कारण देशको पश्चिमी क्षेत्रमा क्षति गएको एक महिना नबित्दै अर्को आँधी आएको हो । सेप्टेम्बरको सुरुमा आएको जेबी आँधीका कारण कम्तिमा सातजनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed