![]()
एजेन्सी । भारतीय अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कृष्णा धेरै वर्षदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । उनी कपूर परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य थिइन् । कृष्णाका पाँच सन्तान रणधीर, राजीव, रीमा, रितु छन् । उनको सन् १९४६ मा राज कपूरसँग विवाह भएको थियो ।
उनी पछिल्लो समय पनि पारिवारिक तथा चलचित्रका प्रिमियरमा सहभागी हुने गरेकी थिइन् । राज कपूरको सन् १९८८ मा निधन भएको थियो । कृष्णाको निधनमा बलिउडका धेरै कलाकारले दुःख व्यक्त गरेका छन् ।


