Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिका र क्यानडाबिच उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता, नाफ्टामा संशोधन गर्ने सहमति भएको छ । अन्तिम समयमा दुई देशबिच भएको वार्ताबाट नाफ्टामा सहमति जुटेको हो । नयाँ सहमति अनुसार क्यानडाको दुग्धजन्य बजारमा अमेरिकाको पहुँच बढाउने तथा अमेरिकाको बजारमा क्यानडेली कार निर्यातको ग्यापका बारे पनि सहमति भएको छ ।

नाफ्टामा रहेका अमेरिका, क्यानडा र मेक्सिकोबिच हरेक वर्ष ७६७ बिलियन पाउण्डको कारोबार हुने गरेको छ । मेक्सिको र अमेरिकाबिच यसअघि नै सहमति बनेको थियो ।

अब क्यानडा पनि सहमतिमा आएपछि नाफ्टामा संशोधन हुने पक्का भएको छ । २५ वर्ष पुरानो उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता, नाफ्नामा संशोधन गर्न दबाब आइरहेको छ ।

यो सम्झौताका कारण अमेरिकामा उत्पादन क्षेत्र (विशेषगरी अटो उद्योग) मा रोजगारी कम हुँदै गएको ट्रम्पको आरोप रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed