![]()
काठमाडौँ ।कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले कर सम्बन्धी अराजकता फैलाउने माथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरे । ललितपुर उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिए । उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पारे ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।


