Breaking News.... EverestOnlineKhabar
May 3, 2026

सरकारबिरुद्ध सत्तारुढ दलकै भ्रातृसंगठन, भाडा घटाउन दबाब

Loading

काठमाडौं।  सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध अनेरास्ववियूले सरकारलाई दवाव दिन सुरु गरेको छ ।

अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

दशैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको संगठनले जनाएको छ ।

अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको प्रर्दशनमा सहभागिहरुले दुई तिहाई बहुमतको सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

उनीहरुले सरकारलाई जनअपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराउदै यातायातमा बढाएको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed