![]()
बीबीसी ।भेनेजुएलाबाट गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने आप्रवासीलाई रोक लगाउने क्रममा भड्किएको हिंसा नियन्त्रण गर्न ब्राजिलले सैन्य शक्ति परिचालन गरेको छ । राजनीतिक तथा आर्थिक संकट चुलिएपछि भेनेजुएलाका लाखौं नागरिक विस्थापित हुन थालेका छन् ।
उनीहरु कोलम्बिया हुँदै छिमेकी मुलुक प्रवेश गर्ने क्रम बढेपछि ब्राजिलले आप्रवासीलाई रोक लगाएको हो । भेनेजुएलाबाट सीमा क्षेत्रमा पुगेका आप्रवासीले हिंसा मच्याएपछि ब्राजिलले सैन्य बल प्रयोग गरेको स्पष्ट पारेको छ । ब्राजिलले आप्रवासीलाई प्रवेश खुल्ला गर्न आवश्यक पूर्वाधार आफूसँग तयार नभएको भन्दै आप्रवासीलाई रोक लगाएको हो ।
ईक्वेडर, पेरुलगाएतले पनि प्रवेशका लागि राहदानी अनिवार्य गर्ने जनाएपछि समस्या बढ्ने संकेत देखिएको हो । सन् १९७० ताका विश्वकै २० धनी राष्ट्रमध्ये एक मानिने दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको अहिलेको अवस्था निकै दयनीय छ ।


