Breaking News.... EverestOnlineKhabar
March 9, 2026

अनुगमनमा कालिमाटी तरकारी बजार पुगेको उपसचिवसहितको सरकारी टोली बिचौलियाको नियन्त्रणमा….

Loading

काठमाडौ,भदौ ।
अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको उपसचिवसहितको सरकारी टोलीलाई तरकारी तथा फलफुल बिचौलियाको समूहले नियन्त्रणमा लिएको छ । कालिमाटीमा उपसचिवसहितको अनुगमन टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले केहि समय बजारभन्दा बाहिर आउन दिएको छैन् । करिब एक दर्जनको संख्यामा रहेका अनुगमन टोलीलाई बजारमा रहेका चुल्ठे, मुन्द्रेको एक समूहले थुनेर राखेको टोलीका एक सदस्यले जानकारी दिए ।
अनुगमन टोलीले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसँग अनुरोध गरिएको छ । अनुगमन टोलीलाई बजार क्षेत्रभित्रै नियन्त्रण लिएको खबरपछि अहिले थप प्रहरी परिचालन गरिएको छ । बिहान करिब ३ बजे कालिमाटी फलफूल तथा तरकारी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोली अनुगमनका लागि पुगेको थियो।
तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित उक्त टोलीले विभिन्न स्थानबाट कसरी तरकारी भित्रिन्छ भन्ने सम्बन्धमा अनुगमनका लागि त्यहाँ पुगेको हो। सो क्रममा बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रकसमेत नियन्त्रणमा लिएको थियो।
दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ। महानगरीय प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ तथा थप अनुसन्धान जारी छ। तरकारी बोकेका ट्रक र चालकलाई पक्राउ गरिएपछि व्यवसायीहरुले अनुगमन कार्यमा अवरोध गरेका छन्। पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.