![]()
काठमाडौं । नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिलाई हेर्दा वर्तमान सरकार संघीयतालाई कमजोर बनाएर असफल बनाउन प्रयत्नशील भएको आशंका गरेको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतालाई असफल बनाउने प्रयत्नमा सरकार लागेको आरोप लगाए ।
राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मुल्यवृद्धि, समृद्धि यात्रा र न्यायालयमा सरकार चुकेको प्रवक्ता शर्माले बताए । न्यायालयमा प्रधानमन्त्रीको दोहोरो चरित्र देखिएको ठहर गर्दै कार्यपालिका र व्यवस्थापिकाको लाचार छाँया बनाउने षडयन्त्र भएको कांग्रेसको ठहर छ ।
शर्माले कर्णाली र गण्डकी प्रदेश बाहेकका प्रदेशको नामांकरण अझै हुन नसकेको भन्दै शर्माले भने,‘मुख्यमन्त्रीहरुले आसन पायौं। शासन पाएनौं भनिरहेका छन्। कतै संघीयतालाई फेल गराउने काममा त सरकार प्रयत्नशील छैन, शंका उत्पन्न भएको छ।’
उनले प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले गरेका कामको आफूले जस लिन खोजेको पनि बताए।


