Breaking News.... EverestOnlineKhabar
March 10, 2026

पाकिस्तानसंग २–१ को पराजयसंगै नेपाल समूह चरणबाटै बाहिर

Loading

एजेन्सी । १८औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह ‘डी’ मा परेको नेपाल लगातार तीन खेलमा पराजित भएपछि बाहिरिएको हो। नेपाल अन्तिम खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भयो।

नेपालले खेलको एघारौं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो। पाकिस्तान युनास सहाबाजले आफ्नै पोस्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको हो। यो गोल नेपालले एसियन गेम्समा सन् १९८२ पछि  पहिलो पटक गरेको हो।

पाकिस्तानले ५५ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। फ्रिकिक बलमा सब्सिच्युट खेलाडी युसाफ अहमेदले बराबरी गोल गरेका थिए।

७१ मिनेटमा पाकिस्तानले अग्रता लियो। पाकिस्तानका लागि कप्तान श्रद्धाम हुसेनले ७१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर पाकिस्तानलाई अग्रता दिलाएका थिए।

योसँगै नेपालले समूहका सबै खेल गुमायो। यसअघि नेपाललाई जापानले १-० र भियतनामले २-० गोलले पराजित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.