Breaking News.... EverestOnlineKhabar
March 10, 2026

नेपाली महिला उद्यमीलाई ‘डिजिटल बिजनेस’ मा लैजान च्याम्बर अफ कमर्सको पहल

Loading

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर ब्यापार समितिले नेपाली महिलाहरुलाई लक्षित गरि ’गोइंग डिजिटल फर बिजनेश सक्सिस’ (व्यवसायिक सफलताको लागि डिजिटल युगतर्फ) बिषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ । डिजिटल बिजनेशबाटै संसारका देशहरु समृद्धिको यात्रामा तीब्र गतिमा अघि बढिरहदा नेपाली महिलालाई पनि त्यसतर्फ डोर्याउने उद्येश्यले गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रममा उद्घाटन मन्तब्य दिनुहुदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भन्नुभयो, “डिजिटल बिजनेशबाटै संसारका देशहरुले तीब्र रुपमा आर्थिक प्रगति गरिरहेको अवस्थामा हामीले पनि हाम्रो बिजनेसलाई बिस्तारै ’डिजिटलाइज’ गर्न जरुरी छ, त्यसमा पनि महिलाहरुले गर्ने बिजनेसमा हुने ‘डिजिटलाइजेसन’ले महिलाहरुको आर्थिक अवस्थामा तीब्र रुपमा परिवर्तन हुने र त्यसको सकारात्मक प्रभावको रुपमा देशको समृद्धीको यात्रा पनि तीब्र बन्न सक्छ । “

चीनमा अभ्यास गरिएको ’अनलाइन बिजनेस’ ले त्यहाँका अन्य पसलहरु घट्दै गएको र उक्त जनशक्तिलाई विकासका अन्य क्षेत्रमा परिचालन गरिएको जानकारी उहाँले दिनुभयो । नेपालमा पनि अब अनलाइन बिजनेसलाई प्रभावकारी र व्यवस्थित बनाउन ढिला गर्न नहुने भन्दै उहाँले सबैलाई त्यसका लागि जागरुक भएर लाग्न उत्साहीत तुल्याउनुभयो । अनलाइन बिजनेलाई कानुनि हिसाबले कसरि अगाडी बढाउने र यसलाई निर्यातमुखी कसरि बनाउने भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण भएको कुरा समेत उहाँले उल्लेख गर्नुभयो ।

नेपाल महिला चेम्बरकी अध्यक्ष डा. अन्जान शाक्यले नेपाल सरकारले देशलाई नै उच्च प्रविधियुक्त बनाउने नीति अवलम्बन गरेको परिबेशमा महिलाहरु पनि पछिल्लो प्रविधिबाट तिब्र रुपमा ’अपडेट’ हुनुपर्ने धारणा राख्नुभयो । अबको युग ’डिजिटल बिजनेश’ कै हुने भन्दै यसतर्फ अघि बढ्नेहरु आर्थिक समृद्धीमा अघि हुने कुरामा उहाँले जोड दिनुभयो ।

त्यस्तै, नेपाल महिला चेम्बरका सदस्य तथा व्यापार समितिका सभापति लीमा अधिकारीले कार्यक्रमको महत्व र महिलाहरुको योगदानमाथि प्रकाश पार्नुभयो ।

गोष्ठीमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल,महेन्द्रमान श्रेष्ठ र दिपक मलहोत्राको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.