![]()
काठमाडौं । नेपाल प्रहरीले टेलिफोन तथा इन्टरनेट सुविधा नपुगेका प्रहरी चौकीमा भिस्याट टेलिफोन सेवा शुरु गरेको छ।
प्रहरी प्रधान कार्यालयले सोमबारदेखि भेरी स्मल अप्रेचर टर्मीनल टेलिफोन सेवाको (भीस्याटको) सञ्चालनमा ल्याएको हो । भौगोलिक विकटता भएका स्थानमा सञ्चार सहजता ल्याउन भिस्याट सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
टेलिफोन सेवा नपुगेका ८ वटा प्रहरी कार्यालयहरूमा यो सेवा सुरु गरिएको छ ताप्लेजुङको सीमा प्रहरी चौकी ओलाङचुङ गोलामा रहेको इलाका प्रहरी कार्यालय, काभ्रेको फोक्सीटारमा प्रहरी चौकी, मुस्ताङको लोमानथाङ, सुरखाङ सुरखाङं ,रुकुमको रम्मामाईकोट, जुम्लाको राराली प्रहरी चौकी, डोल्पाको सहरतारा र बजाङको धुली प्रहरी चौकीमा उक्त सेवा बिस्तार गरिएको छ ।
दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रहरी प्रधान कार्यालयले करिब २५ लाख रुपैयाँको लागतमा सञ्चार सेवा नभएका प्रहरी चौकीमा उक्त सेवा बिस्तार गरेको हो।


