Breaking News.... EverestOnlineKhabar
April 30, 2026

नयाँ दिल्लीमा घरभित्रै घुसेर पत्रकारमाथि गोली प्रहार

Loading

बीबीसी । भारतको राजधानी नयाँ दिल्लीमा एक पत्रकारमाथि गोली प्रहार भएको छ। भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको हो । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नयाँ दिल्लीको बाहिरी इलाकामा अवस्थित उत्तर प्रदेशको घाजीयावाद रेहेको पत्रकार अनुज चौथरीको घरमा नै गोली प्रहार गरिएको हो । अनुज हिन्दी न्युज टेलिभिजन च्यानलमा कार्यरत पत्रकार हुन ।

मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अनुजको पेट र दाँहिने हातमा गोली प्रहार गरेका थिए। पत्रकारमाथि भएको आक्रमणबारे अनुसन्धान जारी रहेको छ । चौथरीका श्रीमती भारतको बहुजन समाज पार्टी (बिएसपी) का स्थानीय सदस्य हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed