Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । सिरियाको राजधानीबाहिरको विद्रोही नियन्त्रित क्षेत्रबाट लडाकु र उनीहरूका परिवारको पहिलो जत्था बाहिर निस्किएको छ । त्यस क्षेत्रमा हप्तौँदेखि जारी घेराबन्दी र सैन्य कारबाहीको फलस्वरूप डुमाबाट विद्रोही बाहिरिने क्रम शुरू भएको हो । त्यहाँ कैयौँ दिनदेखि हवाई हमला भैरहेको थियो । त्यसैबीच सिरियाली सेनाले विषाक्त ग्यासको प्रयोग गरेको खबर पनि बाहिर आएको छ।

हवाई हमला र गोलाबारीमा सयौँ मानिसको ज्यान गइसकेको छ र आइतवार रुसी मध्यस्तकर्ताहरूसँग आत्मसमर्पणको क्रम थाल्नका लागि एउटा सहमति भएको बताइएको छ। पछिल्लो सहमतिपछि जैश अल इस्लाम भनिने समूहका विद्रोहीहरूलाई बसहरूमा राखेर उत्तरी सिरियातर्फ लैजाने क्रम शुरू गरिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग गरी भएको ठानिएको हमलालाई लिएर राष्ट्रपति बसर अल असद र उनका मित्र शक्ति राष्ट्रहरूको आलोचना गरेका छन्। पछिल्लो ’रासायनिक हमला’लाई लिएर ट्रम्पले असद र उनका मित्रशक्ति रुस र इरानको कडा आलोचना गर्दै पछिल्लो हमलाको लागि उनीहरूले “ठूलो मूल्य चुकाउनुपर्ने“ बताएका छन्।

सिरियाको स्वास्थ्य सेवामा रहेका सूत्रहरूले बताएअनुसार शनिवार विद्रोही नियन्त्रित डुमामा गरिएको आक्रमणमा दर्जनौँको संख्यामा मानिसहरूको ज्यान गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed