![]()
काश्की । थ्री स्टार पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामको फाइनलमा प्रवेश गरेको छ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिन्धरा फुटबल क्लबलाई ५–० को पराकिलो गोलअन्तरले पराजित गर्दै थ्री स्टारले फाइनलको यात्रा तय गरेको हो । थ्री स्टारले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको थियो।
अधिकांश समय बलमा पोजिसन राखेको थ्री स्टारले उत्तर बरिन्धरालाई खेल अवधिभर दबाबमा राखेको थियो। थ्री स्टारको जितमा बिश्वास श्रेष्ठले ह्याट्रिक गरे । बिश्वासले पहिलो हाफको ईन्जुरी समय, दोस्रो हाफको २० औं र २८ औं मिनेटमा गरी ह्याट्रिक पुरा गरेका थिए । थ्री स्टारको जितमा अन्य २ गोल पहिलो हाफको ४० औं मिनेटमा बिष्णु गुरुङ र ४३ औं मिनेटमा निराजन खडकाले गरेका थिए।
दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा विहिबार नेपाल पुलिस क्लब र धरान फुटबल क्लब भिड्दैछन । बिहीबारको विजेताले उपाधिका लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ।


