Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रधानन्यायाधीश पराजुलीमाथि अर्को संकट :ज्यान मार्ने धम्कीबारे पराजुलीमाथि अनुसन्धान सुरु

Loading

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेपछि प्रहरीले प्रधानन्यायाधीशमाथि अनुसन्धान थालेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए ।

अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गरेका छन् र कल डिटेल मगाउन माग गरेका छन् ।

प्रजिअले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको छ । साथै छानविनका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरलाई पत्र पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed