![]()
काठमाडौं । सामसुङले ग्यालेक्सी जे ७ एनएक्स्टी बजारमा सार्वजनिक गरेको छ । ५.५ इञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको यस मोबाइलले विस्तृत विवरण र वास्तविक रंग सम्प्रेषण गर्ने बताइएको छ ।
यसमा भएको अत्यधुनिक अक्टाकोर प्रोसेसर र ३ जिबी र्यामले डाउनलोड गर्न, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्नेलगायत काम गर्न सहज हुन्छ । फोनमा आन्तरिक सञ्चय क्षमताका लागि ३२ जिबी क्षमताको रोम उपलब्ध छ । यसलाई आवश्यकताअनुसार एसडी कार्डको माध्यमबाट दुई सय ५६ जिबीसम्म बढाउन सकिन्छ ।
फोनमा कम्पनीले सेल्फी तथा रियर सटमा उत्कृष्टताका लागि दुईवटा शक्तिशाली क्यामेरा जडान गरेको छ ।
फोनमा एफ १.९ एपर्चरसहितको १३ मेगापिक्सेल क्षमताको क्यामेरा उपलब्ध छ । त्यसैगरी, सेल्फीका लागि एफ २.२ एपर्चरसहितको ५ मेगापिकसेल क्षमताको क्यामेरा जडान गरिएको छ । फोनमा ब्याट्री नटिक्ने समस्याले हैरान बनेका उपभोक्तालाई लक्षित गर्दै कम्पनीले फोनमा तीन हजार एमएएच क्षमताको शक्तिशाली रिमुभेबल ब्याट्रीको प्रयोग गरेको छ ।
फोनको बजार मूल्य २१ हजार ९ सय ९० निर्धारण गरिएको छ ।


