Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एमालेले माधव नेपाललाई इरान पठायो, भारत र चीनका नेताहरुसंग भेटवार्ता हुने

Loading

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मिति आउन एक साता मात्र बाँकी रहेकाबेला नेकपा एमालेले आफना वरिष्ठ नेता माधव नेपाललाई इरान पठाएको छ । राष्ट्रियसभा निर्वाचन, मुख्यमन्त्री चयन, प्रदेशमा संसदीय दलको नेता चयन, माओवादी केन्द्रसंग पार्टी एकता लगायतका गम्भीर बिषयको टुंगो लगाउन नेताहरु गम्भीर गृहकार्यमा रहेकाबेला नेता नेपाल भने सुटुक्क इरानतर्फ लागेका हुन ।

नेता नेपाल इन्टरनेशनल कन्फ्रेन्स फर एसियन पोलिटिकल पार्टी (आइक्याप) को बैठकमा भाग लिन त्यहाँ गएका हुन ।
नेता नेपालप त्यहाँ एक साता रहने छन्। त्यस क्रममा भारत र चीनका नेताहरुसँग भेटघाट हुने जनाइएको छ । आइक्यापको स्टाण्डिङ्ग कमिटीमा चीन र पाकिस्तानका नेताहरु पनि सह–अध्यक्ष छन् ।

आइक्यापको अफिसियल वेबसाइटको विवरण अनुसार नेपालबाट एमाले वरिष्ठ नेता झलनाथ खनाल र कांग्रेस नेतृ सुजाता कोइराला स्ट्याण्डिङ्ग कमिटीमा छिन्। तर बैठकमा नेता नेपालमात्रै गएका छन्।

भारतका बीजेपीका नेता विजय जोली र भारतीय राष्ट्रिय कांग्रेसका नेता करण सिंह पनि सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed