Breaking News.... EverestOnlineKhabar
May 1, 2026

युएईको ए टिमसँगको अभ्यास खेलमा ज्ञानेन्द्रको शानदार १५४ रन

Loading

एजेन्सी । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिम र युएईको ए टिमसँग दोस्रो अभ्यास खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्लले ९७ बलमा शतक प्रहार गरेका हुन् । उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर ज्ञानेन्द्रले राम्रो प्रदर्शन गरेका हुन् । पछिल्लो समयमा नेपालका ओपनर्सको राम्रो ब्याटिङ नभई रहेको अवस्थामा ज्ञानेन्द्रको शतकीय प्रदर्शनले केही राहत दिएको छ ।

त्यस्तै, नेपालका अर्का ओपनर दिलिप नाथले पनि अर्धशतक बनाए । उनी ७९ बलमा ६४ रन बनाएर आउट भए । ज्ञानेन्द्र र दिलिपले १४२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र एक्लैले १५४ रन बनाए । १३१ बलमा १७ चौका प्रहार गर्दै १५४ रन बनाएका हुन् ।

दोस्रो अभ्यास खेलमा युएईको ए टिमलाई ३३४ रनको चुनौती दिएको थियो । नेपालले निर्धा्रित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३३ रन बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed