![]()
काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज २३ घण्टे ‘राजनीतिक’ यात्राकाक्रममा बिहीबार नेपाल आउँदै छन्।
नेपालमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि बिदेशमन्त्री शुष्मा बामगठवन्धनका नेताहरुसंगको भेटका लागि नेपाल आउन लागेकी हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुतका रुपमा शुष्माले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसंग भेट गर्नेछिन ।
केही हप्ता अघि मात्रै मोदीले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिंदै भारत भ्रमणको निम्तो दिएका थिए । पाँच दिनअघि मात्र कार्यभार सम्हालेका विदेश सचिव विजय गोखले पनि स्वराजको टोलीमा हुनेछन्। शुष्मा विशेष विमानबाट बिहीबार अपरान्ह ४ बजे काठमाडौं आई शुक्रबार ३ बजे दिल्ली फर्किनेछिन ।
खासगरी २०७२ असोजमा संविधान जारी नगर्न भारतले दिएको दबाबलाई त्यसबेलाका प्रधानमन्त्री सुशील कोेइराला र उनका उत्तराधिकारीका रुपमा कार्यभार सम्हालेका ओलीले अवज्ञा गरेपछि भारतले नाकाबन्दी लगाएको थियो र त्यसलाई मुलुकभित्र तथा अन्तर्रा्ष्ट्रिय मञ्चबाट ओलीले कडा विरोध गरेका थिए।
लगत्तै उनले चीनसँग व्यापार तथा पारवहन सहमति गरेका थिए। वाम गठबन्धनकै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा नेपालले चीनसँग ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ मा सहभागी हुन हस्ताक्षर गरेको पृष्ठभूमिमा वाम गठबन्धनले निर्वाचनमा बहुमत हासिल गरेपछि त्यो रणनीतिक रुपमा महत्वपूर्ण रहेकाले नेपालसँगको सम्बन्धबारे भारत थप आशंकित बन्न पुगेको हो।


