Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान बिद्रोही सक्रिय

Loading

बिबिसि । तालिबान विद्रोही हाल अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको एउटा अनुसन्धानले देखाएको छ। अमेरिकी नेतृत्वको फौजले परास्त गर्नका अर्बौँ डलर खर्च गरेको सो समूह अफगानिस्तानमा बलियो देखिएको हो ।

महिनौँ लगाएर गरिएको अध्ययनले सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेपछि तालिबान लडाकुको खतरा अथवा नियन्त्रणमा कसरी वृद्धि भएको छ भन्ने देखाएको छ।

अफगान सरकारले प्रतिवेदनको खण्डन गर्दै अधिकांश क्षेत्रमाथि आफ्नो नियन्त्रण रहेको जनाएको छ। तर तालिबान र इस्लामिक स्टेट समूहले जिम्मेवारी दावी गरेका काबुल र अन्यत्र गरिएका हालैका आक्रमणमा कैयौँ मानिसले ज्यान गुमाएका छन्।

अफगान अधिकारी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग वार्ताको कुनै सम्भावना नरहेको प्रतिक्रिया जनाए। गत वर्ष ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना अनिश्चितकालका लागि रहने घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed