Breaking News.... EverestOnlineKhabar
May 1, 2026

एउटै परिवार जस्तो एकजुट हुन अमेरिकी जनतालाई राष्ट्रपति ट्रम्पको आग्रह

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जनताहरूलाई आफ्ना मतभेदहरू पन्छाएर एकै परिवार जस्तो एकजुट हुन अपिल गरेका छन्।

आफूले कार्यालय सम्हालेयता पहिलो पटक अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्। उनले आफूले भन्ने गरेको अमेरिकालाई फेरि महान् बनाउने विषयमा ह्वाइट हाउस अग्रसर रहेको समेत बताए ।

‘स्टेट अफ द युनियन’ भनिने उक्त सम्बोधनमा उनले आफूले भन्ने गरेका आफ्ना कार्यकालका आर्थिक उपलब्धिबारे बोलेका छन्। निकै महत्त्वपूर्ण मानिने यो सम्बोधन संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भएको हो जहाँ दुवै सदनका सदस्यहरू उपस्थित थिए।
अमेरिकी राष्ट्रपतिलाई आफ्नो कार्यकालको पहिलो वर्षमा गरेका परिवर्तनहरूलाई आफ्ना उपलब्धिको रूपमा प्रस्तुत गर्ने अवसरको रूपमा यो सम्बोधनलाई हेरिन्छ।

यसै सम्बोधनमार्फत राष्ट्रपतिले आउँदो वर्षको कार्यसूचीको पनि एउटा मस्यौदा प्रस्तुत गर्न सक्छन्। सम्बोधनमा ट्रम्पले आफ्नो कार्यकालमा भएको कर कटौतीको विषयलाई उपलब्धि भन्दै त्यसले मध्यम वर्गका अमेरिकीहरूलाई राहत दिएको बताए।
उनले सम्बोधनमा संसद्मा विचाराधीन आप्रवासनसम्बन्धी मुद्दामा रिपब्लिकन र डेमोक्र्याट्स दुवैसँग आफूले मिलेर काम गर्न चाहेको विषय पनि उल्लेख गर्ने अपेक्षा गरिएको छ।

यसअघि एउटा टेलिभिजन प्रस्तोतासँग उनले अमेरिकालाई ’जबर्जस्त विभाजन’बाट फिर्ता ल्याउन चाहेको बताएका थिए।
पहिलो वर्षको कार्यकालमा राष्ट्रपतिले आफ्नो मन र मस्तिष्क दुवैले शासन गर्नुपर्दो रहेछ भन्ने पनि आफूले सिकेको उनले बताएका थिए। अमेरिकाको मात्रै होइन विश्वका अन्य देशको पनि ट्रम्पको यो भाषणमाथि चासो रहेको छ।

अमेरिकाभरमात्रै उनको यो भाषण ४ करोड मानिसले हेरेको ठानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed