![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छाड्ने स्पष्ट पार्नुभएको छ ।
नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्मेवारीका साथ सरकार गठन भएकाले त्यसअघि सरकार नछाड्ने बताउनुभयो । निर्वाचन लगत्तै सरकार छाड्ने भएकोले हतार नगर्न दलहरुलाई उहाँको आग्रह थियो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा टेलिभिजनमा कार्यरत बिभिन्न कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।


