![]()
काठमाडौं । गत बिहिबार काठमाडौंको दरबारमार्ग्स्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनामा डीएसपीसहित तीन प्रहरीमाथि कारवाही गरिएको छ । घटना गुपचुप राख्ने प्रहरीका सई निलम्बनमा परेका छन् भने वृत्तका प्रमुख डीएसपीलाई महानगरीय प्रहरी परिसरमा तानिएको छ ।
त्यसैगरी घटना लुकाउनमा संलग्न प्रहरी निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वको समितिले घटना छानबिन गरेको थियो ।


