![]()
काठमाडौं । प्रधानन्यायाधीशबिरुद्ध गोपाल पराजुलीबिरुद्ध लडाईं छेडेका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।
बुधवार बिहान दश बजे डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् । उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।
डा. केसीविरुद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्चले पराजुलीको नागरिकताको प्रतिलिपीका साथै शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।
चिकित्सक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाएका छन् ।
त्यसक्रममा संचारकर्मीसंग कुरा गर्दै उनले प्रधानन्यायाधीश पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप पनि लगाए । पराजुलीले दुई वटा नागरिकता लिएको विषय बाहिर आउदा पनि राजनीतिक दलका नेताहरु मौन बस्नुले सबै लुटतन्त्रमा सहभागी छन् भन्ने विषय प्रमाणित गरेको समेत उनले दाबी गरे ।
केसीको मुद्दाको वकालत गरिरहेका वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीलाई प्रधानन्यायाधीश पराजुलीले मार्ने धम्की दिएको दाबी डाक्टर केसीले गरे । बुधबार नै डाक्टर भण्डारीले आफुमाथि मार्ने धम्की आएको भन्दै प्रशासनमा सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन ।


