Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कामना फिल्म अवार्डस् २०७४ःविपिन र सिर्जना उत्कृष्ट नायक नायिका,केकीलाई पपुलर च्वाइस अवार्ड

Loading

काठमाडौ,माघ ।
कामना फिल्म अवार्डस् २०७४ को उत्कृष्ट नायक नायिका क्रमशः विपिन कार्की र सिर्जना सुब्बा घोषित भएका छन् । चलचित्र‘जात्रा’ बाट कार्कीले उत्कृष्ट अभिनेताको बाजी मार्दा‘डाइङक्यान्डल’ बाट सिर्जना सुब्बाले अरुलाई पछि पार्दै अवार्ड चुमिन् । ‘गाजलु’ बाट निर्देश हेमराज बिसीले उत्कृष्ठ निर्देशकको अवार्ड हात पार्दा नव निर्देशकको अवार्ड‘छक्का पञ्जा’ बाट दीपाश्री निरौलाले आफ्नो पोल्टामा पारिन् ।‘गाजलु’ बाट नव नायिका श्रृष्टि श्रेष्ठले बाजी मार्दा नव नायकको अवार्ड‘के म त्रिमो होइन र ?’ बाट आर्यन अधिकारीले हात पारे ।
अवार्डमा सर्वाधिक १७ विधाको मनोनयनमा परेको चलचित्र ‘छक्का पञ्जा’ ले सर्वोत्कृष्ट चलचित्रसँगै नवनिर्देशक, खलपात्र, गायक, हास्य कलाकार, सहअभिनेता, संवाद र नृत्य निर्देशक गरी सर्वाधिक ७ विधाको अवार्ड प्राप्त गर्यो । ‘छक्का पञ्जा’ बाट दीपाश्री निरौलाले नवनिर्देशक, दीपकराज गिरीले खलपात्र, केदार घिमिरेले हास्य कलाकार, जितु नेपालले सह–अभिनेता, कविराज गहतराजले नृत्य निर्देशक तथा दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले संवाद विधाको अवाड पाएका थिए ।
१४ विधाको मनोनयनमा परेका गाजलुले सर्वोत्कृष्ट निर्देशक, नवअभिनेत्री, कथा र निर्माण नियन्त्रक गरी ४ विधाको अवार्ड चुम्यो । एसएमएसका आधारमा विजेता घोषणा गरिने लक्स पपुलर च्वाइस अवार्ड नायिका केकी अधिकारीले आफ्नो पोल्टामा पारिन् । यो विधामा उनीसँगै वर्षा राउत, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठ मनोनयनमा परेका थिए । संगीततर्फ गायिका इन्दिरा जोशी, फेसनतर्फ रचना गुरुङ शर्मा र रंगकर्मतर्फ राज शाहले सिजी क्रिटिक्स अवार्ड हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed