Breaking News.... EverestOnlineKhabar
April 30, 2026

इंग्लिस प्रिमियर लिग फुटबलःआर्सनलको लज्जास्पद हार

Loading

एजेन्सी,माघ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । लिगको छैटौं स्थानमा रहेको आर्सनल लिगको पुछारमा रहेको स्वान्सी सिटीसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।आफ्नो घरेलु मैदान लिबर्टी रंगशालामा भएको खेलमा आर्सनलमाथि शानदार जित हात पार्दै स्वान्सी लिगको १७ औं स्थानमा समेत उक्लिएको छ ।
स्वान्सीको जितमा साम क्लुकासले २ र जोर्डन अयवले गोल गरे । यता, आर्सनलका लागि एक मात्र गोल नाचो मोनरियलले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता भने आर्सनलले बनाएको थियो । खेलको ३३ औं मिनेटमा मोनरियलले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता १ मिनेटपछि नै भंग भयो ।

स्वान्सी सिटीका लागि क्लुकासले गोल गर्दै बराबरीमा पुर्याएका थिए । पहिलो हाफ दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा स्वान्सीले उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्न सफल भयो । स्वान्सी सिटीका लागि खेलको ६१औं मिनेटमा जोर्डन अयवले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ८६औं मिनेटमा क्लुकासले ब्यक्तिगत दोस्रो गोल गर्दै ३–१ गोलको जित दिलाएका हुन् ।
जितपछि १७ औं स्थानमा उक्लिएको स्वान्सी सिटीको २५ खेलबाट २० अंक भएको छ । पराजित आर्सनलको भने २५ खेलबाट ४२ छ । मंगलबार राति नै भएको अर्को खेलमा वेष्टहामले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed