Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पुरुष खेलाडीको यात्रा समाप्त,महिलातर्फ विमला र पुनम सेमिफाइनलमा भिड्दै

Loading

काठमाडौ,माघ ।
भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कांस्य पदक पक्का गरिसकेकी विमला श्रेष्ठ र पुनम रावलले बुधबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा अपरान्ह हुने खेलमा वेन्टम ५४ केजीकी विमलाले भारतकी मनिषासँग खेल्नेछिन् । विमलाले ताजकिस्तानकी सामिएभा फार्डियालाई आरएससिको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी हुन् ।
यस्तै लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनमले बसुमाटरी प्विलाओसँग खेल्ने छिन् । क्वाटरफाइनलमा पुनमले ताजकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा हराउँदै कांस्य पदक पक्का गरेकी हुन् । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलमा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गरेपनि पदक जित्न सकेनन् । पुरुषतर्फ मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घले क्वाटरफाइनलबाट बाहिरिए ।
पुरुषतर्फ लाइट हेभिवेट ८१ केजी तौलसमूहमा म्याक्सले काजकिस्तानका जुसिप कुवानडिकसँग आरएससिको आधारमा पराजित भए । यस्तै लाइटवेट ६४ केजी तौल समूहका भुपेन्द्र भारतका धिराजसँग अंकको आधारमा पराजित भए । भुपेन्द्रले क्यामरुनका अल्बर्ट मान्गुए अयिस्सीलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए ।
पुरुषतर्फ नै वेल्टर ६९ केजी तौलका विष्णु उज्वेकिस्तानका बाटुरोभ बोबो उस्मोनसँग अंकको आधारमा नै पराजित भए । बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed