![]()
काठमाडौ,माघ ।
सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । सरकारले प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ वरियताक्रम निश्चित गरेको हो । यसअघि निर्धारण गरिएका वरियता क्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेश सांसदहरुलाई समेटिएको थिएन ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, पूर्वराष्ट्रपति, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको वरियताक्रम निश्चित गरेको हो ।
वरियतामा पूर्वराष्ट्रपतिभन्दा प्रदेशप्रमुख माथि छन् । प्रदेश सभाका संसदहरुले संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति सरह वरियता पाएका छन् ।


