![]()
रौतहट । कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेले ‘सुन्तली’ले रौतहटको सन्तपुरमा चौथो एकीकृत बस्तीको निर्माण सम्पन्न गरेका छन् । साउन अन्तिम साता आएको विनासकारी बाढीले पखालेको विपन्न ४७ घर परिवारलाई धुर्मुस सुन्तलीले माघको ठन्डीमा घर हस्तान्तरण गर्न लागेका हुन् ।
धुर्मुस सुन्तली फाउन्डेशनले सुरूमा माघ २४ गते हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो । तर, सोही दिन राष्ट्रियसभाको निर्वाचनको मिति तय भएकाले उनीहरूले माघ २३ गते हस्तान्तरण गर्ने भएका छन ।
संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीसँग सहयोग जुटाएर उनीहरूले बस्ती बनाएका हुन् । अरूलाई सहयोग गर्न दिलोज्यान दिने दम्पत्ति अहिले आफैँ मर्कामा परेका छन् । बस्ती बनाउन ५ करोड ९५ लाख लागत अनुमान गरिएकोमा अझै ९० लाख अपुग रहेको उनीहरु बताउँछन ।
सन्तपुरमा ४७ वटा घर निर्माण गरिएको छ भने बस्तीको बीचमा क्लबघरसमेत निर्माण गरिएको छ । त्यस्तै बस्तीमा बसोबास गर्नेहरूले मानि आएको देवता रहेको मन्दिर, भित्रीबाटो र भ्यु टावर समेत रहने छ ।


