Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

काठमाडौ,माघ ।
आज माघ १६ गते अर्थात शहीद दिवस । विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना तथा पुर्नःस्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ ।
शहीदको सम्झनामा गएको १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । शहीद दिवसका अवसरमा रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरी शहीदप्रति श्रद्धाञ्जलि दिईएको छ ।
त्यस्तै दिउँसो प्रथम शहीद लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदका सम्झनामा गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम हुँदैछ । सरकारले हरेक वर्ष शहीदको सम्झनामा कार्यक्रम गर्दै आए पनि शहीदको सपना अझै पूरा हुन नसकेको गुनासो बढिरहेको छ ।
नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य दलका शिर्ष नेताहरुले शहीद दिवसको शुभकामना सन्देश दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed