Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इन्डोनेसियामा एक नेपालीको हत्या, मृतक लागु औषधको कारोवारी

Loading

काठमाडौं । इन्डोनेसियामा एक नेपालीको प्रहरीले चलाएको गोली लागि ज्यान गएको छ । गोली लागि मृत्यु हुनेमा ३४ वर्षीय शरण तामाङ रहेको भनिएपनि उनको ठेगाना खुलेको छैन । लागुऔषध तस्करको आरोपमा प्रहरीले उनको खोजी गरेको बताइएको छ ।

प्रहरीले उनको साथबाट लागुऔषध समेत बरामद गरेको जनाईएको छ । यो खबरलाई मलेसियास्थित नेपाली दुतावासले पनि पुष्टि गरेको परराष्ट्र मन्त्रालयलले जनाएको छ ।

प्राप्त जानकारी अनुसार तामाङ एक होटलमा बसेका थिए । सोधपुछका क्रममा उनले आफ्ना साथी रहेको बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको इन्डोनेसिया प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed