Breaking News.... EverestOnlineKhabar
May 3, 2026

Loading

कठमाडौं । श्रम ऐनमा व्यवस्था भएबमोजिम सेवा र सुविधा उपलब्ध गराउन माग गर्दै नर्सहरुले राजधानीमा प्रर्दशन गरेका छन् ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निश्काशनमा परेका नर्सहरुलाई तत्काल पुनर्वहाली गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले काठमाडौंको माईतीघरबाट नयाँ बानेश्वरसम्म प्रर्दशन गरेका हुन ।

प्रर्दशनमा उत्रिएका नर्सहरुले आफनो उचित व्यवस्था गर्न नर्स महाशाखा नै स्थापना गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेका छन ।
नेपालमा हाल ७४ हजार ८ सय नर्सहरु विभिन्न अस्पतालमा कार्यरत रहेको सरकारी तथ्यांक छ । तर राज्यले उचित सेवा र सुविधा समेत नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन ।

नर्सहरुमाथि न्याय नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी उनीहरुले दिएका छन ।

मानव अंग प्रत्यारोपण केन्द्रले विनाकारण नर्सहरुलाई निश्कासन गरेपछि उनीहरुको पुनर्वहालीलाई मुख्य मुद्दा बनाएर देशभरका नर्सहरु आन्दोलनमा होमिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed