Breaking News.... EverestOnlineKhabar
April 30, 2026

म्यानमारमा बौद्धमार्गीमाथि गोली प्रहार, ७ जना मारिए

Loading

बिबिसि । म्यानमारको तनावग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनहरूमाथि गोली चलाउँदा ७ जनाको निधन भएको र १२ जना घाइते भएका छन ।

आरकान वंशको अन्त्य भएको अवसरमा आयोजित वार्षिक समारोहमा रखाइन भनिने जातीय समूहका चार हजार मानिसहरू सहभागी थिए । अधिकारीहरूले उक्र्त यालीले जिल्लास्थित सरकारी कार्यालयमा घेराउ गरेको जनाएका छन् । उनीहरूले उक्त भिडले सरकारी हाताभित्र प्रवेश गरी प्रहरीका सवारीसाधनमाथि आक्रमण गरेको जनाएको छ । उक्त क्षेत्रमा हालैका महिनामा तनाव चुलिएको छ ।

बर्माको सैनिकले दमन गरेपछि अघिल्लो वर्ष लाखौँ रोहिंज्या मुसलमानहरू म्यानमारबाट भागेर छिमेकी बांग्लादेशमा शरण लिन गएका छन् । यसअघि सोमवार मात्रै बांग्लादेश र म्यानमारले रोहिंज्या मुस्लिम शरणार्थीको फिर्तीबारेको समयतालिकामा सहमति भएको बताएका थिए । सहमति अनुसार म्यानमारले हरेक हप्ता १५ सय जना रोहिंज्या शरणार्थीलाई फिर्ता लैजाने भन्दै दुई वर्ष्भित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने आशा दुवै देशले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed