Breaking News.... EverestOnlineKhabar
May 3, 2026

झापा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

Loading

झापा । आगामी आईतबार विर्तामोडमा हुने झापा स्पोर्ट्स अवार्ड २०७३ का लागि मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले मनोनयनमा परेका १२ जना खेलाडी र तीन वटा क्लबको नाम सार्वजनिक गरेको हो ।
चारवटा बिधामा तीन जनाका दरले र तीन वटा टीमको मनोनयन गरिएको छ । वर्ष उत्कृष्ट खेलाडी पुरुषमा फुटबल खेलाडी विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र निरौला अटाएका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलामा क्रिकेटका रुविना क्षेत्री, करातेका एस्तर राई र बक्सिङका सुलप मगर मनोनयनमा परे ।
यस्तै युवा वर्ष खेलाडीमा फुटबलका देवेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राई अटाउादा उत्कृष्ट प्रशिक्षकमा फुटबलका संजय राई, क्रिकेटका मनोज कट्वाल र करातेका सीता राई मनोनयनमा परेका छन् ।

यस्तै पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र विर्तामोड युनाइटेड एफसीको नाम सार्वजनिक गरिएको छ ।

स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडी र पिपुल्स च्वाइसको एउटा टीमले जनही १५ हजार रुपैयाा पुरस्कार र ट्रफी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed